Mr. अफघानिस्तान
रातो अछेता
सयपतृको माला
थाली राखी
आशु चुहाउदै,
आएकी श्रीमतीको आशु नदेखेका मेरा बाबु,
आशु चुहाउदै,
आएकी श्रीमतीको आशु नपुछ्दै गएका मेरा बाबु,
मेरा बाबु एक Mr. अफघानिस्तान्
पिढिको थर्कटिमा,
पिढिको थर्कटिमा
दाहिने हातमा च्युडो अड्काइ
एक टक टोलएर,
मैले देखेका,
मैले सोचेका,
मैले कल्पना गरेका,
हावाइकिरिका यत्रा
मेरा अबोध आखा द्वारा नदेखिएपछि,
तीनऐ हावाइकिरिका यात्रा गर्न बाध्य थिए मेरा बाबु,
मेरा बाबु एक Mr. अफघानिस्तान्
गालाईभरी खोच परेकि,
गालाईभरी खोच परेकि,
डुब्न लागेको घाम जस्तै भएकी ,
बुढी आमाको मुटु भित्रको बेदना नदेखेका मेरा बाबु
गालाईभरी खोच परेकि,
डुब्न लागेको घाम जस्तै भएकी ,
बुढो लट्ठी टेकेरपनी हिड्न नसक्ने ,
बुढी आमाको मुटु भित्रको बेदना नदेखेका मेरा बाबु
बुढी आमाको बुढो मुटु भित्र लुकेको,
दम मात्रै देखेका मेरा बाबु ,
मेरा बाबु एक Mr.अफघानिस्तान्
उत्तरको सगरमाथामुनि,
उत्तरको सगरमाथामुनी
सुन्दर गुराशका फुल फुल्ने कुरा,
मेरा बाबुले पनि नसुनेका नहोलान
तर,
तर,घर अगाडिको
परदेशी श्यामेको घर
सगरमाथाभन्दा पनि उच्च देखेपछि,
सगरमाथामुनी फुल्ने सुन्दर गुराशका फुलभन्दा पनि
सुन्दर देखेपछि,
बाध्य थिए मेरा बाबु,
मेरा बाबु एक Mr.अफघानिस्तान्
मेरो हावाइकिरिको यात्रा
सपनामा मात्र रहना थलेपछी ,
शृमतिको फाटेको चोलि,
बुढी आमाको दम्,
घरको चिसो चुल्हो,
हेर्न र हेरिरहन नसकेपछि,
सगरमाथामुनी फुल्ने सुन्दर गुराशका फुल्
आफ्ना जिवनमा फुलेपछि,
खेतमा झुल्ने सुनका लह लह बाला
आफ्ना बाझा फाटामा नझुलेपछि,
बाध्य भएका छन मेरा बाबु
बाकशमा भरिएर आउन,
बाध्य भएका छन मेरा बाबु
एक Mr.अफघानिस्तान्
~The End~
Comments
Post a Comment