मानव





हामी

मानव हौ,

हामिलाई यो थाहा छ,

किनकि

हामी अरुलाई तल पारेर हेर्न सक्छौ ।


घरमा एउटा सानो Glass को माछा राख्ने Bowl छ,

हामी माछाको Glass लाई ओझेल मा पार्न सक्छौ,

हामी त्यस्लाई निहाल्छौ अनि

भन्न सक्छौ,

"बेवकुफ माछा!,

त न निदाउछस नै,

न त सँग Eyelid नै छ!"

त निदाउन सक्दैनस त्यसैले,

त सपना देख्न सक्दैनस्,

तर,

हामी सपना देख्न सक्छौ,

हामी मानव हौ!

हामी धेरै रङ बोकेका कथाहरु

हाम्रा आखामा सम्हाल्न सक्छौ ।

त्यसैले,

हामी आशा गर्न सक्छौ,

हामी लक्ष्य राख्न सक्छौ

र हामी सम्झन सक्छौ।"


"बेवकुफ माछासँग सम्झन सक्ने क्षमता नै छैन

त्यो सानो plastic को बिरुवा

पटक पटक एउटा नयाँ plastic को बिरुवा हो

अनि,

त्यो सानो महल सधै अचम्म नै हो,

पटक्, पटक !"


"बेवकुफ माछा ,

तेरो अनुहारले

जती नै पानी निले पनि

थरी थरिका अनुहार अभिव्यक्ती देखाउदैनन्

त केवल हावा, पानी, पखेटा

ति मात्र तेरो दुनियाँ!

म , त हुन घृणा गर्छु,

त्यो गोलो, गोलो ,

Glassको bowlमा अड्किएर बस्न!"


"तलाई के थाहा माछा ,

हामी मानव,

हामी पुलहरु बनाउछौ,

पुस्तक हरु रट्टा मार्छौ,

मा सम्झन सक्छु ,

१६ बर्ष अघी ,

मेरो हात स्टोभले पोलेको!"


"हामी जमिन भित्र गाडिएका थियौं,

हामी माटोमा मिलाईएका थियौं

अनि,

हामिले हाम्रो पृथ्वी छोड्नु पर्‍यो सबै सँगै,

हामी एक्दम उन्नत प्रजातिले

कसरी मानव उमार्ने जानेका छौ

हामी गाडी चलाउछौ

हामी सँग औंला छ

हामी चन्द्रमा पुगेका छौ, सानो माछा!

तलाई त थाहा पनि छैन त्यो भनेको के हो ?"


"हामी एक्दम चाडो यात्रा गर्छौ,

टाढा पनि अवश्य,

हामीलाई लग्वग सम्पूर्ण कुरा थाहा छ

अनी पक्कै अब छिट्टै ,

हामी टाढा पुग्नेछौ !"


हामी यो दुनियाँ नै जित्न सक्छौ पक्कै

ताराहरुसँग गर्दै,

Black holeलाई वास्तै नगरि,

बहिर ,

पर,

बाहिर ,

स्वर्गको त्यो बाटोतिर

अनी चाडै,

हामी भागवानको बारेमा थाहा पाउनेछौ!


"त्यो भन्दा पनि

हाम्रो बारेमा भागवानले केहि

भनिरहेका,

केहि जस्तै

"बेकम्फुस मानव ,

हिउंको गोलो, गोलो, गोलो

बिश्वमा अड्किरहेका मानव्,

तीनएए हरुको दिमागले केवल्

एक जन्मको क्षणहरु सम्झन सक्छ एकपटकमा

तिनीहरुको दिमाग

सेतो चट्ट हुन्छ,

हरेक पूर्णजन्मपछि

अनी रुख्,

रुखहरु अचम्मका हुन्छन ,

यिनिहरुलाई हरेकपटक!!"

Comments

Popular posts from this blog

Hi there! Do you feel me?

For Ben

The Marshy Love